आज अन्तर्राष्ट्रिय युवा दिवस

२०७२ श्रावण २७ गते, बुधबार

काठमाडौ, २७ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । युवा दिवसका अवसरमा आज बिहानै काठमाडौमा र्याली निकालिएको छ । सन् २००० देखि अगष्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस शुरु गरिए पनि नेपालमा भने सन् २००४ देखि मात्रै यो दिवस मनाउन थालिएको हो । नेपालको कूल जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहका ४० दशमलव ३४ प्रतिशत युवा रहेका छन् । आज दिउँसो युवा दिवसको अवसरमा काठमाडौमा विशेष कार्यक्रम पनि गरिदैछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार