बटुवालाई ठक्कर दिने माइक्रो जलाइयो

२०७२ श्रावण २७ गते, बुधबार

काठमाडौं, २७ साउन । काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी माइक्रो बसको ठक्करबाट एक व्यक्ति घाइते भएका छन् । जेब्रा क्रेसिङबाट बाटो काटिरहेको अवस्थामा बा १ ज ९१३६ नम्बरको माइक्रो बसको ठक्करबाट ओखलढुंगा बिगुटारका २६ वर्षीय नाम्गेल शेर्पा घाइते भएका हुन् । उनको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । शेर्पाको अवस्था गम्भीर रहेको छ । ठक्कर दिएर पैदलयात्रुलाई घाइते बनाएपछि आक्रोसित त्रिचन्द्र क्याम्पसका विद्यार्थीले माइक्रो बसमा आगजनी गरेका छन् । आगजनीबाट माइक्रो बस ध्वस्त भएको छ । शेर्पा वैदेशिक रोजगारीका लागि मलेसिया जाने तयारीमा थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार