बेल्जियममा साहित्य सम्मेलन हुदै

२०७२ श्रावण ३० गते, शनिबार

काठमाडौं, ३० साउन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली भाषा र साहित्यको प्रचारप्रसार एवम् संरक्षण तथा संवर्द्धन गर्ने उद्देस्यले सम्मेलनको आयोजना गरेको छ । सम्मेलन भोलिदेखि दिनसम्म चल्नेछ । बेल्जियममा आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिन संस्थाका संस्थापक केन्द्रीय अध्यक्ष होमनाथ सुवेदी ,नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुर्इटेल, मधुपर्कका प्रधानसम्पादक ओम रोदन, साहित्यकार एल वी क्षेत्री, युवा सर्जक द्वय रमेश अधिकारी, इन्द्र बिकल्प र शेखर अधिकारी बेल्जियम पुगेका छन ।
एनआरएन बेल्यिजम, साँग्रिला समाज लुभेन, इन्द्रधनुष क्लव लुभेन, हिमालयन सोसाइटी सिन्त्रोदेन र नेपाली समुदाय परिवार गेण्टको सहआयोजनामा हुने सम्मेलनमा आइतबार उदघाटनका साथै श्रष्टाहरुबाट प्रत्यक्ष रचना वाचन गर्ने कार्यक्रम छ । सोमबार गोष्ठि तथा कार्यपत्रमाथि छलफल गरिने छ ।
आयोजकका अनुसार कार्यक्रममा भागलिनको लागि यूरोप भरिका नेपाली श्रस्टाहरुको उपस्थिति रहनेछ । बेल्जियममा गरिन लागेको यो कार्यक्रमले भाषा संस्कृति संरक्षणमा टेवा पुर्‍याउनुका साथै नेपाली साहित्यलाई युरोपमासमेत लोकप्रिय पार्न मद्दत गर्ने अपेक्षा छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु