देसभर बन्दका श्रीन्खला जारी

२०७२ श्रावण ३० गते, शनिबार

काठमाडौं, ३० साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुरु भएको आन्दोलन छैठौं दिन प्रवेश गर्दा सुर्खेतको जनजीवन कष्टकर बनेको छ । लगातारको आन्दोलनले सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले सरकारसँग मध्यपश्चिमलाई एउटै प्रदेश बनाइ सुर्खेतलाई प्रादेशिक राजधानी घोषणा गर्न माग गरेका छन् ।
मध्यपश्चिमलाई टुक्र्याउने प्रस्ताव नसच्याईएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी छ । बन्दले शैक्षिक संस्था, कलकारखाना, बजार र यातायात पूर्ण रुपमा ठप्प छन् । आन्दोलनका कारण दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति हुन नसक्दा कालोबजारी बढेको छ ।
उद्योग वाणिज्य संघ सुर्खेतले दैनिक पाँच करोड बढीको नोक्सानी हुने गरेको जनाएको छ । उता, दैलेख र जाजरकोटमा पनि यातायातका साधान सञ्चालन हुन सकेका छैनन् भने बजार र शैक्षिकसंस्था ठप्प छन् । अखण्ड रुकुमको माग गर्दै ६ दिनदेखिको आन्दोलन पनि जारी छ ।
यसैगरी, चितवनदेखि कञ्चनपुरसम्मको भूभाग थरुहट प्रदेश हुनुपर्नेे माग गर्दै थरुहट संघर्ष समितिले गरेको बन्द पाँच दिन हुँदा पनि फिर्ता नभएपछि पश्चिम तराईको जनजीवन थप कष्टकर बनेको छ । हिमाल, पहाड, तराईको भूगोल समेटेर बनाईएको प्रदेश थारुवानलाई स्वीकार्य नहुने भन्दै गत मंगलवारबाट चितवनदेखि कञ्चनपुरसम्म पश्चिम तराईका २२ जिल्ला बन्द गरिएको हो । बन्दका कारण यी जिल्लामा लामो तथा छोटो दुरीका यातायातका साधन संचालन हुन सकेका छैनन् । विद्यालय, उद्योगधन्दा, कलकारखाना, बजार ठप्प छन् । राजमार्गमा भने प्रहरीको स्कटिङमा फाट्टफुट्ट गाडी संचालन भएका छन् ।
आन्दोलनकारीले बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गर्न आह्वान गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार