बन्दका कारण देशभरको जनजीवन प्रभावित

२०७२ श्रावण ३१ गते, आईतवार

काठमाडौं, ३१ साउन । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी, संघीय समाजवादी फोरम नेपालसहित मधेसवादी केही दल र जनजातिले ६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै आह्वान गरिएको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण राजधानीको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । सडकमा फाट्टफुट्ट निजी सवारी साधन चले पनि भाडाका सवारी साधन संचालन भएका छैनन् । अन्य बन्दको तुलनामा आइतबार सडकमा मोटरसाइकलको संख्या पनि निकै कममात्र देखिएको छ । राजधानीका विभिन्न चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । सुरक्षाकर्मीले केही स्थानबाट बन्दकर्तालाई नियन्त्रणमा समेत लिएको छ ।
पश्चिम तराई, मध्यपश्चिम, सुदुरपश्चिम लगायत देशका विभिन्न भागमा यसअघि नै सीमांकनप्रति असहमति जनाउँदै सवारी साधन, बजार तथा उद्योगधन्दा बन्द हुँदै आएको थियो । आजको बन्दले देशभरको जनजीवन थप प्रभावित भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार