विश्वविद्यालयमा तत्काल पदपुर्ति गर्न माग

२०७२ भाद्र २ गते, बुधबार

काठमाडौं,२ भदौ । आज बिहान बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले विश्वविद्यालयमा रिक्त रहेको पदहरुमा तत्काल पदपुर्ति गर्न सरकारसँग माग गरेका छन । संयुक्त बैठकले उक्त पदका लागि राजनीतिक भागबण्डा भन्दा माथि उडेर विज्ञ प्राज्ञबाट उपकुलपति लगायतका पदपुर्ति गर्न माग गरेका हुन ।
बैठकले गत बैशाख ६ गते शिक्षा मन्त्रालय र विद्यार्थी संगठन बीच भएको १० बुदें सहमतिमा मन्त्रालय उदासिन भएको प्रति गम्भिर आपत्ति प्रकट गरेको छ ।
बैठकले सहमति कार्यान्वयन तत्कालै नगरे कडा संघर्ष गर्ने समेत निर्णय भएको नेवि संघका प्रबक्ता युपी लामिछानेले जानकारी दिए ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे अनुरुप आयल निगमले मूल्य समायोजनमा ध्यान नदिकोप्रति समेत संगठनहरुले विरोध गरेका छन ।
उनीहरुले जारी आन्दोलनका क्रममा घाइते भएका र मृत्यु भएका क्षतिपुर्ति दिलाउन र चाँडो देशलाई नयाँ संविधान दिनसमेत आग्रह गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु