ठग कन्सल्टेन्सीका सञ्चालक प्रहरी फन्दामा

२०७२ भाद्र ५ गते, शनिबार

काठमाडौँ । दक्षिण अफ्रिकामा रोजगारीका लागि पठाउने भनी ४६ लाख ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । विभिन्न नक्कली कागजजात बनाई रोजगारी लगाइदिन्छु भनी कालिमाटीस्थित एक्प्रेस इन्ट्री एजुकेशन वल्र्डका सञ्चालक साधना बस्नेत र राजकुमार रञ्जीत पक्राउ परेका हुन् । प्रतिव्यक्ति रु. पाँच लाख ५० हजारका दरले ११ जना व्यक्तिलाई ठगेका आधारमा महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी परेपछि अनुसन्धानका क्रममा पक्राउ परेका हुन् । यसअघि प्रहरीले भदौ १ गते २३ वटा कन्सल्टेन्सीमा छापा मारी सञ्चालकलाई नियन्त्रणमा राखी अनुसन्धान बढाएको छ । प्रहरीले कन्सल्टेन्सीको नाममा ठगी गर्ने १२ जनालाई आवश्यक कारबाहीसमेत गरेको महाशाखाले जनाएको छ ।
यीमध्ये अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा एकजना, सिंहदरबार वृत्तमा दुई जना र कालीमाटी वृत्तमा नौ जनालाई पठाएकोे छ । पक्राउ पर्ने कन्सल्टेन्सीमा एक्प्रेस इन्ट्री एजुकेशन वल्र्ड कालिमाटी, गुडवेल धोबीधारा, ओसिस जापानिज ल्याङ्गोइज कालिमाटी, ब्लू स्काई थापाथली, ग्लोबेड कलङ्की, वल्र्ड वाइड थापाथली, सिन्जिसु एजुकेशन कलङ्की, एलिस इन्टरनेसनल कलङ्की, स्काइलर एजुकेशन कालिमाटी र पिआइटी एजुकेशन कालिमाटी रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार