जनजातीद्वारा नेपाल बन्द
काठमाडौ, ६ भदौ । आदीबासी जनजाती महासंघले नेपाल बन्दको आह्वान गरेको छ । संविधानमा पहिचानसहितको संघीय संविधानको माग गर्दै प्रदेशको सिमाङ्कन र नामांकनको बिरोधमा आदीबासी जनजाती महासंघले बन्दको आह्वान गरेको हो । बन्दको कारण धादिङ, चितवन, कास्की, तनहुँ, नवलपरासी, रुपन्देही, मोरङ, सुनसरी, झापालगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौंमा भने बन्दको आंशिक प्रभाव परेको छ । बन्दलाई संघीय समाजवादी फोरमले पनि समर्थन जनाएको छ । बन्द गराउँदै हिडेका केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरुण पूर्णका नौ जिल्ला भने बन्दको दोहोरो मारमा परेका छन् । आफूहरुसँगको सहमति कार्यान्वयन नगरी पहिचान बिनाको प्रदेश निर्माण गरिएको भन्दै संघिय लिम्वुवान पार्टी नेपालले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको हो ।