भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री नेपाल आउँदै
काठमाडौ, ६ भदौ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान आज दिउँसो ४ बजे नेपालको तीन दिने औपचारिक भ्रमणमा काठमाडौ आउँदै छन । रक्सौल—अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्न मन्त्री प्रधान नेपाल भ्रमणमा आएका हुन् ।
बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा र मन्त्री प्रधानले भोलि पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय तथा विदेश मन्त्रालयका उच्च अधिकारीका साथै भारतीय आयल कर्पोरेसनका अध्यक्ष एवम् नेपाल सरकारका वरिष्ठ अधिकारीहरुको उपस्थितिमा मन्त्रीद्ववले सम्झौतामा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
भोलि नै मन्त्री प्रधान र थापाबीच द्विपक्षीय भेटवार्ता हुनेछ । मन्त्री प्रधानको सम्मानमा मन्त्री थापाले साँझ एक स्वागत समारोहको आयोजना गर्ने पनि मन्त्रालयले जनाएको छ ।