बर्दियामा झडप, दर्जन बन्दकर्ता घाइते
काठमाडौ, ६ भदौ । बर्दियाको सदरमुकाम गुलरियामा प्रहरी र आन्दोलनरत थरुहट पक्षबिच झडप भएको छ । झडपमा परि प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् । थरुहट पक्षधरले जिल्ला प्रशासन कार्यालयमा सुरक्षार्थ प्रहरीलाई लाठ्ठी प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिए । प्रहरीले भीडलाई तितर वितर गर्न लाठी र केही सेल अश्रुग्याँस प्रहार गरेको प्रजिअ कुँवरले बताए । झडप हुँदा बन्दकर्ताको आक्रमणबाट ३ जना प्रहरी घाइते भएको एसपी गोविन्दराम परीयारले बताए । प्रहरीको लाठी चार्ज बाट ९ जना बन्दकर्ता घाइते भएका छन ।