न्यायाधीश बम हत्याका मुख्य सुटर प्रहरी फन्दामा

२०७२ भाद्र ६ गते, आईतवार

काठमाडौं, ६ भदौ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गरी हत्या गर्ने मूख्य सूटर मानिएका सञ्जय स्माइली मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
साउदी अरबमा पक्राउ गरिएका मगरलाई दुबही हुँदै राजधानी ल्याइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले मगरलाई राजधानी ल्याएको हो । हत्यालगत्तै साउदी अरब पुगेका स्माइली मगरविरुद्ध इन्टरपोलमार्फत् रेड कर्नर नोटिस जारी गरिएको थियो ।
साउदी प्रहरीले पक्राउ गरी साउदीकै जेलमा राखिएका मगरलाई सीआईबीको टोलीले साउदी अरबबाटै काठमाडौ ल्याएको हो । अर्का सूटर करण चौधरी भने यसअघि नै पक्राउ परिसकेका छन् ।
२०६९ साल जेठ १८ गते ललितपुरको शंखमूलस्थित युएन पार्कमा न्यायाधीश बममाथि गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार