नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु
काठमाडौं, ७ भदौ । सुरक्षा संवेदनशिलता भन्दै जिल्ला प्रशासन कार्यालय बांँकेले हिजो बेलुका ८ बजेदेखि नेपालगञ्जमा अनिश्चिकालित कर्फ्यु जारी गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको राँझा चोकदेखि दक्षिण, जमुनाहादेखि उत्तर, फुल्टक्रादेखि पश्चिम र नन्दनी मिलदेखि पूर्वको चार किल्ला भित्र अर्को सूचना जारी नभए सम्मका लागि कर्फ्यु जारी गरेको प्रशासनले जनाएको छ । यो समयमा सभा, जुलुस गर्न नपाउने र समूह समूहमा हिंडडुल गर्न नपाउने बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले जानकारी दिए । थरुहट र मधेशी मोर्चाको संयुक्त आन्दोलनले उग्ररुप लिएपछि प्रशासनले सुरक्षा संवदेनशिलता भन्दै अनिश्चितकालिन कर्फ्यु जारी गरेको हो ।