चारवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त

२०७२ भाद्र ७ गते, सोमबार

काठमाडौ , ७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकभरका उपकुलपतिविहीन सातमध्ये चारवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन । त्रिभूवन विश्वविद्यालयमा तीर्थ खनियाँ, नेपाल संस्कृतमा कुलप्रसाद कोइराला, पूर्वाञ्चलमा घनश्यामलाल दास, सुदूरपश्चिमाञ्चलमा भूषण श्रेष्ठलाई नियुक्ती गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
कुलपतिको हैसियतमा प्रधानमन्त्रीकै निर्णय लागू हुने प्रचलित व्यवस्था अनुसार नियुक्तीपत्रमा गएराती नै प्रधानमन्त्री कोइरालाले दस्तखत गरेका हुन् । उनका अनुसार नियुक्त भएका चारैजनालाई आज शिक्षा मन्त्रालयमा नियुक्तीपत्र बुझ्न बोलाइएको छ । उपकुलपति नियुक्ति गराउन सहकुलपति तथा शिक्षामन्त्री चित्रलेखा यादव संयोजक रहेको समितिले प्रधानमन्त्री समक्ष गत शनिबार सिफारिस गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार