मोटरसाइकल चोर प्रहरी फन्दामा

२०७२ भाद्र ७ गते, सोमबार

काठमाडौं, ७ भदौ । महानगरीय प्रहरी वृत्त चक्रपथले मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा काठमाडौ बस्ने १६ वर्षीय अनुज बस्याल र काठमाडौकै १६ वर्षीय निश्चल थापा रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ४ ओटा मोटरसाइकल र ३ ओटा स्कुटर बरामद गरेको छ । मोटरसाइकलहरु प्रहरीले काठमाडौका विभिन्न ठाउँबाट बरामद गरेको महानगरीय प्रहरी वृत्त प्रमुख विश्वमणि पोख्रेलले जानकारी दिए । उनीहरुसँग चोरीमा अरु पनि संलग्न रहेको र उनीहरुलाई खोजीरहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई चोरीको महल अन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार