बन्दकर्ता व्यवसायी माथि खनिए
काठमाडौं, १३ भदौ । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा थारुहरुसँग भएका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदायहरुले आन्दोलन थालेका छन । यसैक्रममा थारु कल्याणकारिणी सभा चितवनले पनि आजबाट छुट्टै चार दिने चितवन बन्दको आह्वान गरेको छ । बन्दले यातायातका साथै कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प बनेका छन् । थारु कल्याणकारिणी सभा चितवनले आह्वान गरेको बन्दको विरोध गर्दै केही व्यवसायी प्रतिकारमा उत्रिएपछि झडप भएको छ । अहिले नारायणगढमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
यसैगरी, संघीय प्रदेशको सिमांकनमा बाग्लुङ जिल्लालाई दुई भागमा विभाजन गरिएको विरोधमा आह्वान गरिएको बन्दका कारण आइतबार आठौं दिन त्यहाँको जनजीवन प्रभावित बनेको छ । जिल्लाको बुर्तिवाङ, गल्कोट, कुश्मीसेरा, हुग्दीशीर, बरेङ क्षेत्रका जनता आन्दोलनमा उत्रिएका छन् ।