‘विदेशीले तयार गरेको संविधान लाद्न खोज्दा जनताद्वारा प्रतिरोध’

२०७२ भाद्र १९ गते, शनिबार

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले संसद्वादीहरुले विदेशीले तयार पारेको संविधान जारी गर्ने तयारी गरेकाले अहिलेको बन्द र हड्तालको अवस्था सिर्जना भएको बताएका छन् । ‘संसदवादीका शीर्ष भनिएका नेताहरुले विदेशीले तयार पारेको संविधान जनतामा लाद्ने प्रयास गरिरहेका छन् । त्यसको प्रतिरोधमा उत्पीडित क्षेत्र र समुदायले प्रतिरोध गरिरहेका छन्’ प्रवक्ता प्रकाण्डले भने । राष्ट्रिय निजामति कर्मचारी संगठनको प्रथम भेलाको उद्घाटन गर्दै प्रवक्ता प्रकाण्डले जनयुद्ध, जनआन्दोलन र जनताले गरेका संघर्षबाट प्राप्त अधिकारलाई खोस्न खोजेकाले जनताले प्रतिरोध गरेको भन्दै जनताको आवाजलाई सम्बोधन गर्न सरकारले छलफल गर्नुको सट्टा दमन गरिरहेको बताए । ‘जनताका आवाजलाई दबाउन संसद्वादीहरुले कफर््यु लगाई सेना परिचालन गरेर दमनमा उत्रेको छ । जनताको अगाडि कुनै हतियार ठूलो हुँदैन भन्ने कुरा उनीहरुले बुझेहुन्छ’ उनले भने । संसद्वादीले सीमांकनसहितको सात प्रदेशले खाकाले उत्पीडित क्षेत्र र समुदायको भावना नसमेटेकाले उनहरुले प्रतिरोध गरिरहेको प्रबक्ता प्रकाण्डले दाबी गरे । उनले अगाडि भने, ‘लडेर प्राप्त गरेका राजनीतिक अधिकारका विरुद्ध संविधान जारी हुन लागेकाले जनता सडकमा आउन बाध्य भएका हुन् ।’ भेलाको प्रमुख अतिथि समेत रहेको प्रबक्ता प्रकाण्डले जनयुद्धको अवधिमा क्रान्ति भए पनि शान्तिप्रक्रियापछि प्रतिक्रान्ति भएको भन्दै आफ्नो पार्टीले प्रतिक्रान्तिलाई स्वीकार नगर्ने बताए । ‘जनयुद्धको बेला माओवादीका शिर ठाडो थियो जब शान्ति प्रक्रियासँगै प्रतिक्रान्ति भयो तब माओवादीको शिर निहुँरियो,’ प्रकाण्डले अगागि भने, ‘माओवादी आन्दोलनले त्यो निहुँरिएको शिरलाई ठाडो बनाउने छ ।’ जनयुद्धले गरेको परिवर्तनको सस्थागत हुँन नसक्दा अहिलेको समस्या आएको बताउदै उनले प्रचण्ड माओवादी आन्दोलनलाई छोडेर संसदीय राजनीतिमा गएर संसद्वादीहरुको स्वार्थमा काम गरिरहेको बताए । राज्यसत्ताको बागडोर गलत नियत भएकाले नेताहरुको हातमा पुगेकाले देश र जनताले दुःख पाएको उनले दाबी गरे । प्रबक्ता प्रकाण्डले कर्मचारी प्रशासनमा गलत प्रवृति हावी भएकाले राष्ट्रघाती काम भइरहेको बताए । ‘कर्मचारी प्रशासनका केही व्यक्ति राष्ट्रघाति भएकाले नेताले गरेका राष्ट्रघाती कामले निरन्तरता पाइरहेका छन्’ उनले भने । प्रतिक्रियावादी प्रशासनको ठाउँमा जनप्रशासन नआएसम्म जनताले सेवा नपाउँने प्रकाण्डले बताए ।
यसैबीच, नेकपा माओवादी निकट निजामति कर्मचारीहरुको संगठन राष्ट्रिय निजमाति कर्मचारी संगठनमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार काठमाडौँमा सम्पन्न संगठनको प्रथम राष्ट्रिय भेलाले टोपबहादुर बानियाँको अध्यक्षतमा २१ सदस्ययी कार्य समिति निर्वाचित गरेको छ । संगठनको उपाध्यक्षमा रामबहादुर रावल, नरबहादुर रोका, महासचिवमा अमरसिंह ओली रहेका छन् । त्यसैगरी सचिवमा बासुदेव नाथ, नगेन्द्र केशरी पोखरेल, कोषाध्यक्ष विन्दु महर्जनलाई निर्वाचित गरेको छ भने सदस्यहरुमा ओमसागर भण्डारी, प्रविण कार्की, दण्डपाणी शर्मा, बलदेव शर्मा, अमर ओली, रमेश अधिकारी, रतन बुढा, मनु सुवेदी, प्रेम तामाङ र श्रब ढकाल रहेका छन् भने चार सदस्य पछि थपिने नवनिर्वाचित अध्यक्ष बानियाँले बताए । निजामति कर्मचारी संगठन राष्ट्रि कर्मचारी महासंघको घटक संगठन हो ।

प्रतिक्रियाहरु

[anycomment]