अनिश्चितकालीन पूर्व बन्द फिर्ता

२०७२ भाद्र १९ गते, शनिबार

काठमाडौं, १९ भदौ । संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको अनिश्चितकालीन पूर्व बन्द फिर्ता भएको छ । झापाको विर्तामोडमा नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, संघीय लिम्बुवान पार्टी र नेपाल पत्रकार महासंघ झापाबीचको वार्ता सहमतिमा टुंगिएपछि बन्द फिर्ता भएको हो । सहमतिसँगै स्थानीय प्रशासनले बन्दका क्रममा पक्राउ परेका लिम्बुवान पार्टीका पाँचजना कार्यकर्ता रिहा गरेको छ ।
यसैगरी, लिम्बुवानको बन्दका क्रममा घाइते भएका पत्रकार कृष्ण हुमागाइँको उपचार गर्ने, क्षतिपूर्ति दिने र आगामी दिनमा त्यस्ता घटना हुन नदिनेसमेत सहमति भएको छ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले शुक्रबारबाट पूर्वका ९ जिल्ला बन्द आह्वान गर्दै आएको थियो । बन्द फिर्ता लिएसँगै पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुरलगायत जिल्लाको जनजीवन सामान्य बनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार