आज मानव बेचबिखन विरुद्धको दिवस मनाइँदै
काठमाडौ, २० भदौ । आज मानव बेचबिखन विरुद्धको नवौ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरेर मनाइदैछ । “हामी सबै मिली गरौं विपदको सामनाः मानव बेचबिखनको अन्त्य हाम्रो कर्तव्य र चाहना” भन्ने नाराका साथ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाइमा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा मन्त्री निलम केसीले शुभकामना दिदै मानव बेचबिखन जस्तो जघन्य अपराध रोक्नका लागि सबैलाई आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न आग्रह गरेकि छन ।
यस्तै मन्त्रालयका सचिव धनबहादुर तामाङले पनि दिवसका अवसरमा शुभकामना दिंदै पछिल्लो केही वर्षयता मानव बेचबिखनको स्वरुप फेरिंदै गएको र त्यसबाट महिला तथा बालबालिका बढी प्रभावित हुने गरेकाले यसको न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन । सन् २००८ को अध्ययनअनुसार दक्षिण एसियाली मुलुकहरुमा मात्र बर्षेनि करिब एकलाख ५० हजार महिला तथा बालिका देहव्यापारका लागि बेचबिखन तथा ओसारपसारमा पर्ने देखिएको छ भने नेपालका १२ देखि १५ हजार बेचबिखनमा पर्ने गरेका छन् ।