वीरगञ्‍जमा बिहान ९ बजेदेखि दिँउसो १ बजेसम्म कर्फ्‍यू हटाइयो

२०७२ भाद्र २२ गते, मंगलवार

काठमाडौं, २२ भदौ । स्थानीय प्रशासनले आज बिहान ९ बजेदेखि दिँउसो १ बजेसम्मका लागि कर्फ्यू हटाइएको छ। सर्वसाधारणको दैनिक जीवनलाई ध्यानमा राख्दै प्रशासनले चार घण्टा कर्फ्यू हटाएको हो। कर्फ्यू हटाएपछि त्‍यहाको जनजीवन केही सामान्‍य बन्दै गएको छ। किनमेलका लागि सर्वसाधारणको चहलपहल बढेको छ। वीरगन्जमा आन्दोलनकारीको प्रदर्शन उग्र भएपछि प्रशासनले अनिश्चितकालीन कर्फ्‍यू लगाउँदै आएको थियो।
यसअघि प्रशासनले वीरगन्जलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेर वीरगन्जका मुख्य सडक र टोलहरुमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु