जनकपुरमा अनिश्चितकालिन कर्फ्यु

२०७२ भाद्र २५ गते, शुक्रबार

काठमाडौ, २५ भदौ । धनुषाको जनकपुरमा आज बिहान ६ बजेबाट अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ । मधेशी मोर्चाले आज जनकपुरमा महाक्रान्ति र्‍याली आयोजना गरेसँगै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कायम राख्न भन्दै कर्फ्यु आदेश जारी गरेको हो । उता, महोत्तरीमा स्थानीय प्रशासनले बुधबार रातीदेखि जारी गरेको कर्फ्यु शुक्रबार बिहान ६ बजेदेखि ९ बजेसम्म ३ घण्टाको लागि हटाएको छ । कर्फ्यु हटाएसँगै अहिले बजारमा सामान किन्नेको चहलपहल बढेको छ । महोत्तरीमा सेना परिचालन समेत गरिएको छ ।
यसैबीच, लिम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित बनेको छ । पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान प्रदेशको माग गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले पूर्वका नौ जिल्लामा बिहीबारदेखि आमहड्तालको आह्वान गरेको हो ।
संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू–भागलाई लिम्बुवान प्रदेश घोषणा गर्नुपर्ने माग गरेको छ । बन्दका कारण पूर्वका मोरङ, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, ईलाम, संखुवासभा, तेह्रथुम र धनकुटाको जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार