झापामा बम बिस्फोट, तीन जना प्रहरी घाइते
काठमाडौ २९ भदौ । झापाको सुरुंगाको चर्चमा बम बिस्फोट हुदा तीन जना प्रहरी घाइते भएका छन् । प्रहरीले वेवारिसे अवस्थामा कन्काई नगरपालिका–३ सुरुंगाको एउटा चर्च बाहिर फेला पारेको बम इलाका प्रहरी चौकी सुरुंगा पछाडी रहेको खाली जग्गामा डिस्पोज गर्ने क्रममा विष्फोट भएको हो ।
घाइते हुनेमा प्रहरी सहायक निरीक्षक देवनारायण यादव, प्रहरी हवलदार भरत कार्की र प्रहरी जवान केदार पौड्याल छन् ।
घाइते मध्ये यादवको अवस्था गम्भीर छ । उनको जीउभरी छर्रा लागेको छ । घाइते सबैको झापास्थित बिएमसी टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । बम भेटिएको स्थानमा हिन्दु मोर्चा नेपाल संगठनको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।