असोज ३ गते नेपाल बन्द

काठमाडों । नेकपा माओवादीले असोज ३ गते नेपाल बन्दको आह्वान गरेको छ । संविधानसभाले असोज ३ गते जारी गर्न लागेको संविधानको विरोधमा नेपाल बन्द आह्वान गरेको माओवादीले बताएको छ । माओवादीले सत्तारुढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षीदल एनेकपा माओवादी र फरकमत सहित संविधान निर्माण प्रक्रियामा सहभागि भएको राप्रपा नेपालले एकलौटि ढंगले जारी गरेको संविधान आफुलाई मान्य नहुने बताएको छ । माओवादीले असोज ३ गते जारी हुन लागेको संविधान जनहित र जन चाहाना विपरित भएको भन्दै आफुले जनताको पक्षमा सडकबाटै संविधान घोषणा गर्ने बताएको छ ।