ईपीएस भाषा परीक्षा हुदै
काठमाडौ, २ असोज । राेजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा आजवाट सुरु भएको छ । यसपटकको भाषा परीक्षामा सहभागी हुने ५१ हजार १ सय ३७ जनाले आवेदन फारम भरेका छ । काठमाडौका १५ र पोखराका ३ गरी १८ वटा परीक्षा केन्द्रमा परीक्षा हुने ईपीएस कोरिया शाखाले जनाएको छ । विहान साढे ८ बजे र दिउँसो १ बजे गरी दुई सिफ्टमा परीक्षा सञ्चालन हुँदैछ । परीक्षाको समय अवधि २ घण्टा ४० मिनेटको समय हुनेछ ।
परीक्षा लिन कोरियाबाट ५२ जनाको टोली काठमाडौ आएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियामा रोजगारीका लागि भाषा परीक्षा दिने नेपालीहरुको लाम लाग्ने गरे पनि ईपीएस शाखाले भने भाषा परीक्षा पास गरे पनि कोरिया लैजाने ग्यारेन्टी नहुने जनाएको छ ।
यसअघि ईपीएस भाषा परीक्षा दिएर पास भएकाहरु सबै कोरिया जान पाएका छैनन् ।