सुपथ मुल्य पसल खोल्ने तयारी

२०७२ आश्विन २ गते, शनिबार

काठमाडौ, २ असोज । सरकारले घटस्थापनाको एक हप्ताअघि एकीकृत सुपथ मुल्य पसल खोल्ने तयारी भैरहेको जनाएको छ । एकीकृत सुपथ मुल्य पसल खोल्नका लागि वाणिज्य तथा आपुर्ति व्यवस्थापन विभागले नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र नेसनल ट्रेडिङ लिमिटेडसँग छलफल गरिरहेको विभागका निर्देशक हरिनारायण वेलवासेले बताए । उनका अनुसार दशै आउन लागेकाले छलफललाई तिब्रता दिइएको हो । सरकारले हरेक वर्ष दशैतिहार र छठ पर्व लक्षित सुपथ पसल खोल्ने गरेको छ । यसपालीको घटस्थापना २६ गते परेको छ ।
नेपाल खाद्य संस्थान प्रधान कार्यालयका विक्रि वितरण प्रमुख श्रीमणीराज खनालका अनुसार यसपाली ८ वटा ठाउँमा एकीकृत सुपथ पसल राख्ने तयारी छ । गहुँ, चामल, दाल, गेडागुडी र फापर गरी १३ हजार क्वीन्टल विक्रि गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यी सामानमा ५ रपैयाँसम्म छुट दिने तयारी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु