माओवादीले ल्यायो जनसंविधान
काठमाडौँ । दोस्रो संविधानसभा बहिस्कार गर्दै सबै प्रक्रियाको विरोध गर्दै आएको नेकपा माओवादीले सडकबाट जनसंविधान जारी गरेको छ । संविधानसभाबाट दलहरुले संविधान जारी गर्ने घोषणा गरेको ठीक एक दिन अघि माओवादीले राजधानीको रत्नपार्कबाट जनसंविधान घोषणा गरेको हो । माओवादीले कार्यकारी राष्ट्रपतिको व्यवस्थासहितको जनसंविधान सार्वजनिक गरेको छ । ‘नेकपा माओवादीको जनगणतन्त्र नेपालको संविधानसम्बन्धी अवधारणा’ नाम दिइएको जनसंविधानमा सेनाको नाम नेपाली जनसेना राखेको छ । साथै सेनाको परमाधिपति कार्यकारी राष्ट्रपति नै हुने उल्लेख गरिएको छ । माओवादीले संविधानसभाले जारी गर्न लागेको संविधानले देशलाई निकास दिन नसक्ने भन्दै सडकबाटै जनसंविधान घोषणा गरेको बताएको छ । माओवादीका पोलिटब्यूरो सदस्य सन्तोष बुढामगरले काठमाडौँ शान्तिबाटीकामा आयोजित विशाल जनप्रदर्शनसहितको सभाबीच जनसंविधान सार्वजनिक गरेका हुन् । माओवादीले सार्वजनिक गरेको संविधानअनुसार जनसेना रहने, क्रान्तिकारी भूमि सुधार, प्रत्यक्ष जनताले निर्वाचित राष्ट्रध्यक्ष हुनुपर्नेलगायतका विषय समेटिएका छन् ।
उक्त जनसंविधान सार्वजनिक सभालाई सम्बोधन गर्दै माओवादी प्रवक्ता प्रकाण्डले जनसंविधानको खाकाको संक्षिप्त ब्याख्या गरेका थिए ।
पार्टीको संविधानसम्बन्धी धारणा सार्वजनिक गर्न आयोजना गरिएको आमसभामा बोल्दै प्रवक्ता प्रकाण्डले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त संविधानसभा जनहितमा नरहेको बताउँदै जनविरोधी संविधान जारी गर्न लागेकाले आपूmहरु जनसंविधान जारी गर्न बाध्य भएको बताए । ‘तराई मधेस, थारुका साथै उत्पीडित र पछाडि पारिएका जनताहरुको ठूलो हिस्साले संविधानको प्रारम्भिक मस्यौदासँगै ब्यापक असन्तुष्टि जनाउँदा पनि त्यसलाई दमन गरेर अगाडि बढेर तीन दल जनविरोधी संविधान जारी गर्न लागेका छन् । यसको परिणम भयावह हुनेछ,’ प्रवक्ता प्रकाण्डले अगाडि भने, ‘काँग्रेस, एमालेलगायतले प्रतिक्रियावादी दलालहरुले बन्दुकको आडमा जबर्जस्त संविधान जारी गर्न लागेका छन् ।’ ‘हामीले जनसंविधान जारी ग¥यौँ, भोलि जनविरोधी संविधान जारी भएसँगै शान्तिप्रक्रिया पनि भङ्ग हुनेछ, सरकारले जुन–जुन मोर्चाबाट आउँछ त्यही मोर्चाबाट लड्ने छौँ’ प्रबक्ता प्रकाण्डले भने ।
माओवादीले जारी गरेको संविधानमा जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्यक्ष नै कार्यकारी प्रमुख हुने र राष्ट्राध्यक्ष नै सेना अध्यक्ष हुने कुरा उल्लेख छ । त्यसैगरी, राज्य पुनर्संरचनाअन्तर्गत संघ, प्रदेश र स्थानीय निकाय रहेका छन् । राज्यको व्यवहारअनुसार माओवादीले जनसंविधानसँगै जनमुक्ति सेना, जनअदालत र जनसरकार पनि ब्युताउने बताएको छ । सभामा हजारौँ समर्थक र कार्यकर्ताहरु सहभागी थिए । यसअघि राजधानीमा विभिन्न ठाउँबाट बाजागाजासहितको ¥याली निकालेर शान्तिबाटीकामा पुगेर सभामा परिणत भएको थियो ।