एकीकृत जनक्रान्ति र जनमुखी पत्रकारिता – पुष्प न्यौपाने

२०७२ आश्विन ३ गते, आईतवार

प्रविधिको साथ हातमै छ संसार । भुमण्डलिकृत विश्व पछिको अत्यन्तै रोचक र नयाँ स्लोगन हो यो । यस युगको अत्यन्तै नविनतम आविष्कार सूचना प्रविधिको पहुँच प्रभाव विकास र विस्तारले समाजका प्रत्येक ईकाइहरु सकारात्मक कोणबाट सुखद वर्तमानको आनान्दानुभुतिमा छन् । र, नकारात्मक कोणबाट एउटा सहायक पक्ष आफ्नो गुमेको निजत्वप्रति पश्चातापपूर्ण दिनहरु निम्तिन सक्ने सम्भावनाको बादल पनि हामी उभिएको आकाशमा विद्यमान छ । उपयोगमा आनन्दका ढोकाहरु खोलिंँदै जाने र पश्चातापमा प्याजझैँ पत्रपत्र खुलेर रित्तिएको जीवनमाथि ग्लानीले आँसुका थोपाहरु चुहिरहने दुबै पक्ष बोकेर आएको छ सूचना प्रविधिको युग । हालसम्म आनन्दको पक्ष नै हावी भएकोले सुखद वर्तमान नै यसको आम प्रकृति हो । माथि भनिएझैं समाजका हर ईकाइमा यसको प्रवेश स्वागत र लोकप्रियताले पुँजीवादले यसलाई आफ्नो सशक्त र प्रभावकारी हतियार बनाएको छ । आजको युग आइटी पुँजीवाद हो र यसलाई एकीकृत पुँजीवादको व्याख्या गर्न थालिएको छ । समाजको मूल चरित्रमा टेकेर मात्रै दर्शन राजनीति र व्यवहारले आफ्नो नविनतम आविष्कार (सिद्धान्त) लाई वैज्ञानिक सिद्व गर्न सक्छ । मार्ग निर्देशनका हिसाबले नेपाली मौलिकता, सापेक्षता र विद्यमान अवस्थालाई सही मूल्यङ्कन गर्दै एकीकृत जनक्रान्तिको सिद्धान्तले त्यहि सिद्व गर्न खोजेको देखिन्छ । गाँउ र शहर, गरिब, मजदुर, किसान र मध्यम पेशा व्यवसायी कर्मचारी शान्तीपूर्ण रुप र बल प्रयोग प्रतिस्पर्धा र अधिनायकत्व आदिको मिश्रण अर्थात मूल र सहायक शक्तिको एकाकार र अप्राकृतिक शक्तिमाथि सापेक्षिक प्राकृतिक शक्तिहरुको संयुक्त प्रहार एकीकृत जनक्रन्तिको मूल मर्म देखिन्छ । यो विश्व कम्युनिष्ट आन्दोलनमा आजको समयका हिसाबले सही वस्तुवादी र वैज्ञानिक छ । यसको प्रयोगका लागि माओवादी आत्मगत वा वस्तुगत रुपमा सफल होला वा असफल होला त्यो छुट्टै पाटो हो । तर एकीकृत जनक्रन्तिको सिद्धान्त नै आजको सर्वोत्तम विकल्प हो । आइटिमा अभिव्यक्त एकीकृत पुँजीवाद स्टेफन हकिङ्स्को फ्युजनको थ्यौरीमा अभिव्यक्त समकालिन विश्वको दार्शनिक लक्ष्यणको बहस फौजमा अभिव्यक्त एट्लान्टिक सन्धि संगठन नेरोको पुँजीवादी युद्व अवधारणा राजनीतिमा युरोपेली संघको सांगठित प्रयास अर्थतन्त्रमा कर्पोरेटहाउसहरुको मर्ज र वित्तिय संघ संस्थाहरुको मर्ज, श्रम, उत्पादन र व्यवसायिक क्षेत्रमा देखा परेको दक्षता सम्बन्धि अल इन वानको अवधारणा र व्यक्तिगत स्वतन्त्रता एवं सामाजिक प्रतिबद्वताबारे विश्वव्यापी रुपमा उठाइएका आवाजहरुले समर्थन गर्ने मुर्त विचार र राजनीति कहिं छ भने त्यो एकीकृत जनक्रान्तिको सिद्धान्तमा छ । यसको मतलब मर्ज भएका वित्तिय संस्थाहरु र कर्पोरेटहाउसले यस सिद्धान्तलाई सहयोग गर्नेछन भन्ने होइन तर एकीकृत र केन्द्रिकृत एक प्रकृति हो । त्यसलाई सकारात्मक गुण र सवल पक्षहरुको एकरुपता वा समरुपताको कोणबाट हेर्न सकिन्छ ।
यहि सिद्धान्तलाई समाजको पत्र पत्र सम्म व्यवस्थित रुपले पु¥याउने भुमिका निर्वाह गर्नुपर्छ नेपालको जनमुखी पत्रकारिताले र क्रान्तिकारी पत्रकार संगठनमा आवद्व पत्रकारले । जनमुखी पत्रकारिताले घटनाको विवरण मात्रै पेश गर्ने होइन त्यसको वास्तविक कारण खाल्नुपर्छ । जनपक्षिय पत्रकारिताले सतहि सूचनाहरुको प्रवाह र त्यसमाथि उभिएर फिक्का विश्लेषण गर्नुलाई आफ्नो कर्तव्यका रुपमा बुझ्नु हुँदैन । यसले मौलिक र समाज सापेक्ष खोजपूर्ण र अनुसन्धानमूलक कार्यलाई हमेसा आफ्नो लक्ष्य ठान्नुपर्छ । वर्गप्रति इमान्दार क्रान्तिप्रति समर्पण र रातदिन कर्मलाई आफ्नो लक्ष्य बनाएपनि हामीमा रहेको ज्ञानको अभाव र स्रोत साधनको सिमाहरुले विगतमा हामीले खोज अनुसन्धानको पद्वति विकास गर्न सकेनौं । हाम्रो समाज र एकीकृत जनक्रान्तिको सिद्धान्त बिच मेल र बेमेलका प्रक्रियाहरु त्यसमा सिमा, कमजोरी र उत्साह तथा समर्थनहरुलाई हामीले जनपत्रकारिताको सोधको विषय बनाइदिनुपर्छ । यसले आफ्नो रणनीतिक लक्ष्य आधुनिक परिवेश र एकीकृत क्रान्ति एवम् यस सिद्वान्तमा विकास हुने नयाँ संस्कृतिलाई बनाइदिनुपर्छ । एक पत्रकार हरेक विषयको शोधार्थी हो । प्राज्ञिक संस्थाहरुमा हर कुनै शोधार्थी त्यस विभागको इच्छा र निर्देशनमा निर्भर हुन्छ । आफ्नो एकेडेमिक डिग्रिको आवश्यकता पुरा गर्नका लागि शोधार्थी त्यस्तो प्राज्ञिक संस्थाको विभागको दवावमा रहन्छ । जनपक्षिय पत्रकारले त्यस्तो गर्नु कुनै जरुरी छैन । उसले देखे भोगेको समाज, संस्कृति र सभ्यताबारे आफ्नो सोधलाई निश्वार्थ रुपमा अघि बढाउनुपर्छ ।
पत्रकार सम्मेलन, प्रत्यक्ष पत्रकार, प्रदर्शनि प्रेस विज्ञप्ती, प्रेस प्रतिवेदन, वार्षिक प्रतिवेदन आदि लेखनकार्य सिक्ने कुरा मात्रै पत्रकारिता होइन । (हु ह्याभ टिट्स एण्ड विट्स अफ् इन्फरमेसन बट, नट स्कुल अफ थट) जो सँग टुक्रेटाक्रे सुचनाहरु त छन तर विचार पद्धति छैन । त्यस्तो पत्रकार वास्तावमा पत्रकार नै होइन जनपक्षिय पत्रकार त झन हुँदै होइन । गहिरो सुचना सटिक विश्लेषण, कलात्मक प्रस्तुति र सिद्वान्तको प्रवक्ता यी गुण जनपक्षिय जनपत्रकारिता र पत्रकारका प्रमुख विशेषता हुन् । वुर्जुवा शिक्षाको सैद्धान्तिक र नीतिगत शिक्षा दिक्षाले मात्रै जनपक्षिय पत्रकार मिसन पुरा गर्न सक्दैन । उसलाई आफ्नो नीति विधि र सिद्धान्तअनुसार शिक्षित र प्रशिक्षित तुल्याउनुपर्छ । प्रशिक्षण वुर्जुवा र समाजवादी दुवै शिविरमा महत्वपूर्ण मानिन्छ । जनसञ्चार वर्ग र विश्व दृष्टिकोणको अभिन्न अङ्ग हो । दोस्रो विश्वयुद्व पछि जनसञ्चारको राजनीतिक, सामाजिक र आर्थिक चरित्रमा काफि फेरबदल आएको छ । यसले विश्वकरणको दौरानमा जनसञ्चारको परिवर्तित चरित्रमा एउटा ठोस र सुसंगठित व्यवस्थाको रुप लिएको मानिन्छ । प्रशिक्षणलाई प्रायः विचार र दृष्टिकोण निर्माणकै लागि प्रयोग गरिन्छ । प्रविधिका विषयमा प्रशिक्षण दिनु तथ्यको दक्षता कायम गराउनु हो । नीतिको प्रशिक्षण दृष्टिको निर्माणकै लागि हो । कुनैबेला अमेरिकाले ल्याटिन अमेरिकि मूलुकमा पत्रकार प्रशिक्षण केन्द्र निर्माणका लागि निकै ठुलो रासिका सहयोग गथ्र्यो । जस्तै फोटो कसरी निर्माण गर्न सकिन्छ त्यो प्रशिक्षण दिन सकिन्छ । तर फोटो कैद गर्न सकिन्छ त्यो क्यमेरापर्सनको राजनीतिक सामाजिक दृष्टिकोण विकसित गर्ने प्रशिक्षण सँगै जोडिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु