माओवादी बन्दकाे प्रभाव देशभर

२०७२ आश्विन ३ गते, आईतवार

काठमाडौं, ३ असोज । नेकपा माअाेवादीले अाज नेपाल बन्द गरेकाे छ । माअाेवादीले नयाँ संविधान जनविराेधी भएकाे भन्दै नेपाल बन्दकाे आव्हान गरेको हो । बन्दले देशभरका जनजीवन प्रभावित भएकाे छ । बन्दका कारणदेखि सडकमा सुनसान छन् भने मानिसहरु पैतल यात्रा गरिरहेका छन् । काठमाडाैँमा तरकारी, फाेहर, सुरक्षाकर्मी, कुटनीतिक नियाेग, एम्बुलेन्स भने चलिरहेका छन् । बन्दकर्ताले कलंकीमा एक माईक्रोबस,ग्रीनल्याण्ड धापासीमा ट्याक्सी र चावहीलचोकमा एक ट्याक्सीमा तोडफोड गरेका छन् ।
यसगरी, माओवादीले आह्वान गरेको बन्दको प्रभाब पोखरामा पनि परेको छ । बन्दका कारण पोखरामा सवारी साधन कमै मात्र चलेका देखिएका छन् । केही मोटरसाईकल र फाट्टफुट्ट रुपमा ट्याक्सी चलेपनि सार्वजनिक सवारीका साधन सञ्चालनमा आएका छैनन् । यसैबीच, लेखनाथको पावरहाउसबाट पाच बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बिहानै बन्द गराउँदै हिंडेका बन्दकर्ता अखिल क्रान्तिकारी कास्कीका उपाध्यक्ष आश गुरुङसहितका पाँच जनालाई प्रहरीले पक्राउ गरेको नेकपा माओवादीका तमुवान ईञ्चार्ज सावित्री दुराले जानकारी दिईन् । शान्तिपूर्ण रुपमा बन्द आह्वान गर्दै हिँडेका आफ्ना कार्यकर्तालाई बिना सर्त रिहा गर्न माग गरेकी छन् ।
बन्दमा एम्वुलेन्स, प्रेस, मानवअधिकार तथा अत्यावश्यक सामग्री बोक्ने सवारी साधनलाई छुट दिईने दुराले जानकारी दिईन् । उनले पर्यटक तथा कुटनीतिक नियोगका सवारी साधनलाई भने छुट नदिईने बताईन् । दुराले शान्तिपूर्ण बन्द गराउँदा प्रहरीले धरपकड तथा वल प्रयोग गरेमा प्रतिकार गर्ने चेतावनी दिएकी छिन् । उनले भनिन्,-‘राज्यले जस्तो व्यवहार गर्छ बन्दको स्वरुप त्यस्तै हुन्छ, कडा पारे कडा, नरम गरे नरम ।’
यसैबीच, आज बिहानै काठमाडौको रविभवनमा शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद वस्तु भेटिएको भन्दै स्थानीय बिहान ६ बजे प्रहरी वृत्त कालिमाटीमा खबर गरेका थिए । शंकास्पद वस्तु भेटिएपछि प्रहरी प्रधान कार्यालयबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गराएको प्रहरीवृत्त कालीमाटीले जनाएको छ ।
काठमाडौमा बन्दको पूर्ण प्रभाव नपरेपछि बन्दकर्ताहरुले नै शंकास्पद वस्तु राखेर आतंकित पार्न खोजेको हुन सक्ने प्रहरीले जनाएको छ ।
संविधानसभाबाट आइतबार जारी गर्न लागिएको नयाँ संविधान जनविरोधी भएको आरोप लगाउँदै विप्लव माओवादीले संविधानविरुद्ध नेपाल बन्दको आहृवान गरेको छ ।
संविधान जारी गर्न लागिएको विरोधमा आइतबार मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा र उपेन्द्र यादव नेतृत्वको मोर्चाले संविधानसभाको कार्यक्रमलाई प्रभावित तुल्याउन आमहड्तालको आहृवान गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]