बसमा आगजनी
काठमाडौं,३ असोज । काठमाडौको पुरानो बसपार्कमा बन्दकर्ताहरुले एउटा यात्रु बसमा आगजनी गरेका छन् । दक्षिणकालीबाट यात्रु लिएर आएको बस रत्नपार्क पुगे लगत्तै बन्दकर्ताले आगजनी गरेका हुन । बा ३ ख २९०९ नम्बरको बसमा आगजनी गरेका थिए ।
बसबाट यात्रुहरु निस्किसकेपछि आगो लगाइएको थियो । आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको छ । बसमा लगाइएको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।