महाबौद्धमा आगलागी, लाखौको क्षति

२०७२ आश्विन ५ गते, मंगलवार

काठमाडौ ५ असोज । काठमाडौको महाबौद्ध स्थित एक नौ तले घरमा आगलागी भएको छ । आज बिहान भएको सो आगलागीवाट लाखौको क्षति भएको बताइएको छ । महानगरपालिकाको वडा नं. ३० महाबौद्ध स्थित श्यामभक्त श्रेष्ठको नौ तलेको छैटो तलमा रहेको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
आज बिहान कारिब साँढे सात बजेबाट सुरु भएको आगो महानगरपालिकाको दुई ओटा दमकलको सहयोगमा करिब ढेड घण्टापछि नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट करिब २५ लाख बराबरको सामन जलेर नष्ट भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको महानगरिय प्रहरी वृत्त रानीपोखरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार