एम्बुलेन्स तोडफोड

२०७२ आश्विन ५ गते, मंगलवार

काठमाडौं, ५ असोज । विराटनगरको सरौचियामा बिरामी लिन गएको एम्बुलेन्स आन्दोलनकारीले तोडफोड गरेका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका प्रशासक कमल कोइरालाका अनुसार सरौचियामा बिरामी लिन गएको मे१च १६७९ नम्बरको एम्बुलेन्समा आन्दोलनकारीले सोमबार साँझ तोडफोड गरेका हुन् । सरौचिया चौकको सहलेस मन्दिरको छेउमा टर्निङ गर्ने क्रममा आन्दोलनकारीले पछाडिबाट एम्बुलेन्समा ढुङ्गा हानी तोडफोड गरेको चालक राजवंशीले बताए ।
आन्दोलनकारीले प्रेस, एम्बुलेन्स, दूधको गाडीलगायत साधनलाई चल्न दिने बताए पनि पटक–पटक तोडफोड हुँदै आएको छ । त्यस्तै नेपाल टेलिकमको गाडी र राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा पनि आन्दोलनकारीले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका प्रशासक कमल कोइरालाले एम्बुलेन्समाथि भएको तोडफोडको भत्र्सना गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार