नेपालमाथि नाकाबन्दी गर्ने भारतको धम्की

२०७२ आश्विन ५ गते, मंगलवार

काठमाडौ ५ असोज । नेपालमा आफूले चाहेजस्तो संविधान जारी हुन नसकेपछि क्रुद्ध बनेको भारतले नेपालमाथि नाकाबन्दी गर्नसक्ने चेतावनी दिएको छ । नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागत समेत नगरी निकै बेखुस देखिएको भारतले संविधान जारी भएपछि दोस्रोपटक वक्तव्य निकालेर नेपालमाथि कूटनीतिक दबाब सृजना गरेको होे । नयाँ संविधान जारी भएको भोलिपल्ट नयाँदिल्ली पुग्नु भएका भारतीय राजदूत रन्जित रायको ब्रिफिङपछि भारतको वक्तव्य मार्फत यस्तो चेतावनी आएको होे । तराईमा आन्दोलनरत मधेसी दललाई संविधान जारी गर्ने प्रक्रियामा सामेल गराउन भारतले दबाब दिएको थियो । तर नेपालका राजनितिक दलले त्यसलाई अस्विकार गरेर संविधानसभाबाट संविधान जारी गरेकाले भारतले नेपालमाथि नाकाबन्दी लगाउन सक्ने चतावनी दिएको हुनसक्ने कतिपय विश्लेषकहरुको भनाई छ । भारतले तराईमा विद्यमान हिंसात्मक घटना र असहजताले भारतीय मालवाहक कम्पनी तथा यातायातकर्मीहरूले नेपाल आवतजावतमा कठिनाइ भोग्नुपरेको भन्दै नाकाबन्दी गर्नसक्ने संकेत दिएर नेपालमाथि कूटनीतिक दबाब सिर्जना गरेको बुझिएको छ । सीमामा जारी तनावका कारण भारतीय कम्पनी तथा यातायातकर्मीहरूले सुरक्षा मागेको दाबीसमेत भारतको छ । भारतीय विदेश मन्त्रालयले हिजो साँझ जारी गरेको वक्तव्यमा नेपालको राजनीतिक नेतृत्वलाई तराईमा जारी तनाव अन्त्य गर्न तुरुन्त पहलकदमी लिन पटकपटक सजग गराउँदै आएको भए पनि त्यसलाई नसुनेका कारण अहिलेको परिस्थितिको सामाना गर्नु परेको आक्रोश पोखिएको छ । नाकाबन्दीको चेतावनी पछि भारतले नेपाली सिमामा कडाई गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार