आन्दोलन रोकिदैन : मधेशी मोर्चा

२०७२ आश्विन ७ गते, बिहीबार

काठमाडौं, ७ असोज । संयुक्त मधेशी लोकतान्त्रीक मोर्चाको बैठकले ४० दिनदेखि जारी बन्दलाई यथावत राख्ने निर्णय गरेको छ । सप्तरी सदरमुकाम राजविराजमा हिजो देखि चलेको बैठकले आन्दोलनलाई अझ सशक्त पार्न आन्दोलनरत अन्य मोर्चाहरुसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । मोर्चाले आन्दोलनलाई शशक्त बनाउन सदभावनाका महासचिव मनिष सुमन, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ, तमलोपाका गोबिन्द चौधरी र तराई मधेश सदभावना पार्टीका रामनरेश राय सम्मीलित कार्यदल पनि गठन गरेको छ ।
अबको आन्दोलन राजमार्ग र भन्सार केन्द्रीत रहने मोर्चाको भनाई छ । मुख्य भन्सार नाकाहरु काकरभिट्टा, विराटनगर, नेपालगञ्ज, भैरवा, विरगञ्ज लगायतका नाकाहरुलाई पूर्ण ठप्पपार्नेगरी आन्दोलनका कार्यक्रमहरु अघि ल्याउने निर्णय गरीएको स्रोतले बतायो। स्कुल, हाटबजार, पसल खुलाउन केही लचक हुने बैठकमा निर्णय भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]