तीन दलीय सिन्डिकेट बन्द गर : कमल थापा
काठमाडौं,८ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज बिहान ट्वीट गर्दै तीन दलीय सिन्डिकेट बन्द गरेर नयाँ ढंगबाट सहमति खोज्नु पर्ने बताएका छन् । संविधान जारी भएसँगै मधेस आन्दोलन अझ चर्किन थालेको परिस्थितीलाई मध्यनजर गर्दै थापाले यस्तो सुझाव अघि सारेका हुन् । उनले मुलुकमा एकता र मेलमिलापको खाँचो रहेकोसमेत जनाएका छन् ।
आज बिहान ट्वीट गर्दै थापाले लेखेका छन्, ‘मुलुक संकटमा परेको बेला तीन दलीय सिन्डिकेट बन्द गरेर सम्पूर्ण राष्ट्रिय शक्तिहरुका बीचमा एकता र मेलमिलाप कायम गरी अघि बढ्न सरकारलाई आग्रह गर्दछु ।’