साबधान , दिउँसो धेरै नासुत्नुस
काठमाडौ ११ असोज । शोधकर्ताहरुका अनुसार दिनको समयमा धेरै सुत्ने बानी स्वास्थ्यको लागि हानिकारक हुने देखिएको छ , साथै यसले मधुमेहको खतरा बढाउने शोधकर्ताहरुले बताएका छन् । दिउसो केही बेरको लागि सुत्नु स्वास्थ्यका लागि फाइदाजनक भएपनि लामो समयसम्म निदाउँदा टाइप टू मधुमेहको खतरा हुने शोधकर्ता बताउँछन् ।
जापानको टोक्यो विश्वविद्यालयका शोधकर्ता टोमोहाइड यमादाले आफ्नो शोधका क्रममा नोभेम्बर २०१४ सम्म प्रकाशित विभिन्न अध्ययनको विश्लेषण गरेका थिए जसमा सुताइ, निद्रा तथा मधुमेहबीचको सम्बन्धका बारेमा अध्ययन गरिएको थियो ।
एसिया तथा पश्चिमी देशका २६१३६५ समेत कुल ६ लाख मानिसहरुमा गरिएको अध्ययनको विश्लेषण पछि शोधकर्ताले आवश्यक भन्दा बढि समय सुत्दा मधुमेहको खतरा ५६ प्रतिशतले बढ्ने निष्कर्ष निकाले । दिउसो एक घण्टा वा बढि समय सुत्दा मधुमेहको खतरा ४६ प्रतिशतले बढ्दछ । तर छोटो सुताइले भने यसतो कुनै खतरा गर्दैन उल्टै जिउमा स्फुर्ति ल्याउने तथा स्वस्थ राख्न मद्दत पूराउँछ ।