पेट्रोलियम पदार्थ वितरणमा कोटा प्रणाली लागू

२०७२ आश्विन ११ गते, सोमबार

काठमाडौ, ११ असोज । नेपाल आयल निगमले मुलुकभर देखिएको इन्धन अभावलाई व्यवस्थापन गर्न आजबाट कोटा प्रणाली लागु गरेको छ । भारतले सिमा नाकामा अघोषित नाकाबन्दी गरेपछि इन्धनको व्यवस्थापन गर्न कोटा प्रणाली लागू गरेको निगमले जनाएको छ । कोटा प्रणाली अनुसार मोटरसाइकलले हप्तामा ३ लिटर, ४ पांग्रे निजी र सरकारी गाडी तथा ट्याक्सीले एक दिन बिराएर १० लिटर, मिनिबस तथा स्कूल बसले दिन बिराएर २० लिटर, ठूलो बसले दिन बिराएर २० लिटर र माईक्रोबसले दिन बिराएर १५ लिटर तेल पाउने निगमका महाप्रबन्धक गोविन्द खड्काले जानकारी दिए । निगमले आफूसँग स्टकमा भएको इन्धन आजदेखि वितरण गर्ने पनि जनाएको छ । लगातार ३ दिन सार्वजनिक बिदा परेकाले निगमले स्टकमा भएको इन्धन वितरण गरेको थिएन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु