कुँदुज शहर तालिवानको कब्जामा

२०७२ आश्विन १२ गते, मंगलवार

काठमाडौं, १२ असोज । तालिवान बिद्रोहीले अफगानिस्तानको प्रख्यात शहर कुँदुज नियन्त्रणमा लिएको छ । तालावानी बिद्रोहीको एक समूहले तीन दिशाबाट घेराउ हाली कुँदुज शहर नियन्त्रणमा लिएको हो । शहर कब्जामा लिनुअघि त्यहाँ तैनाथ अफगानी सेना र तालिवान बिद्रोहीबीच झडप भएको थियो । झडपका क्रममा केही अफगानी सेना घाइते भएपछि सेना फिर्ता हुन बाध्य भएको बताइएको छ । कुँदुज शहर कब्जामा लिएपछि तालीवान बिद्रोही अफगान हवाई अड्डातर्फ अघि बढीरहेको अफगानी अधिकारीहरुले जानकारी दिएका छन् । साथै उनीहरुले कुँदुज शहरको दक्षिण तिरको सडक खण्ड बन्द गरेका छन् जसका कारण काबुलमा रहेका सुरक्षाकर्मीका लागि अति आवश्यक बस्तु आपूर्ति गर्न अफगान सरकारलाई अप्ठेरो परेको छ ।
यता अफगान सरकारले भने कुँदुज शहर तालीवान बिद्रोहीबाट कब्जा मुक्त गर्न थप सेना परिचालन गरेको छ । यद्यपी कुँदुज शहर तर्फ भने अगाडी बढ्न सकिरहेको छैन । अफगानिस्तान सरकारसँग गर्ने भनिएको वार्ता अनिश्चित भएका कारण तालीवान बिद्रोहीले अफगानिस्तानका मुख्य–मुख्य शहरहरुमा धावा बोलिरहेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]