डा. केसीको अनसन स्थगित

२०७२ आश्विन १२ गते, मंगलवार

काठमाडौ १२ असोज । सातौं पटक अनसनमा बसेका डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन । अनसन सुरु गर्दाको भन्दा अहिले देशको अवस्था फरक भएको भन्दै डा. केसीले अनसन स्थगित गर्ने निर्णय गरेको आवासीय चिकित्सक संघका अध्यक्ष राजेश भुर्तेलले बताए । उनका अनुसार देशैभरीबाट अनसन रोक्न सुझाव आएपछि डाक्टर केसीले अनसन स्थगित गरेका हुन् ।
माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै अनसन बसेका डा. केसीले सरकारसँगको आफ्नो माग यथावत रहेको र देशको अवस्था सहज भएपछि माग पुरा गर्न फेरि दबाब दिने बताएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार