माओवादीद्धारा वृहत आमसभाको आयोजना

२०७२ आश्विन १३ गते, बुधबार

काठमाण्डौ, १३ असोज । नेकपा माओवादीले आज दाङको तुलसीपुरमा वृहत आमसभाको अयोजना गरेको छ । भारतले नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेपको विरुद्धमा वृहत आमसभाको अयोजना गरेको माओवादीले बताएको छ । जारी संविधानप्रति असन्तुष्टी जनाउदै भारतीले गरेको अघोषित नाकाबन्दी, नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप तथा राष्ट्रिय स्वाधिनता र जनसंविधानको पक्षमा आमसभाको आयोजना गरेको नेकपा माओवादीले जनाएको छ ।
आज मध्यान्न १२ बजेपछि हुने सभालाई पार्टीका पोलिटव्युरो सदस्य चित्रवहादुर आलेमगर, सन्तोष वुढा मगर लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]