विराटनगरमा झडप ,दुई राउण्ड हवाइ फायर

२०७२ आश्विन १८ गते, सोमबार

काठमाडौ, १८ असोज । विराटनगरको नेपाल–भारत सीमा क्षत्रमा प्रहरी र प्रदर्शकारीबीच झडप भएकोछ । नेपाल–भारत सीमा क्षेत्र विराटनगरको रानीमा धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । भारतबाट ल्याइएको समान गन्तव्यमा पु¥याउनको लागि धर्नामा बसेका प्रदर्शनकारीलाई सडक छाड्न प्रहरीले माइकिङ गर्दा नमानेर प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेपछि हवाई फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य भुराज राई र राम विलास यादव पक्राउ परेका हुन् । आइतबार राति १२ बजे स्कर्टिङ गरेर सवारी साधनहरु नेपाल भित्र्याउने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी प्रमोद खरेलले जानकारी दिए ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा आन्दोलनका मोरङ संयोजक जयराम यादवले शान्तीपूर्ण धर्नामा बसेका आन्दोलनकारीलाई प्रहरीले दमन गरेको आरोप लगाएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार