राष्ट्रिय जागरण अभियान, नेपालको कोण सभा सम्पन्न

२०७२ आश्विन १९ गते, मंगलवार

काठमाण्डौं । राष्ट्रिय जागरण अभियान नेपालले कोण सभा सम्पन्न गरेको छ । जागरण अभियान नेपालले ‘नेपालको आन्तरिक मामिला नियन्त्रण गर्ने कू–आकांक्षाबाट भारतले गरेको नाकाबन्दीका बिरुद्धमा जुटौं’ भन्ने नारा सहित सोमबार राजधानीमा कोण सभा गरेको थियो । कार्यक्रममा उपेन्द्र देबकोटाले अहिलेको नाकाबन्दीको बिरुद्ध सबै नेपालीले आवाज उठाउनु पर्ने बिचार ब्यक्त गरे भने अभियानका सदस्य भरत दाहालले सत्तामा बस्नेहरुले सत्तामा पुग्नको लागि भारतको दलाली गरेकोले अहिलेको स्थिती आएको भनाई ब्यक्त गरे ।
उक्त काेणसभालार्इ संयाेजक डा.उपेन्द्र देवकाेटा, बरिष्ठ केन्द्रीय सदस्य अनारसीं कार्की, के.स. भरत दाहाल, के.स. डा. विनाेद न्याैपानेले संबाेधन गरेका थिए भने कार्यक्रमकाे सञ्चालन उषाकिरणले गरेका थिए ।
राष्ट्रिय जागरण अभियान नेपालले मूख्य गरी काठमाडाैं उपत्यकाका गाउँहरू र बजारका चाेक एवं बसपार्कहरूमा केन्द्रीत रहि पर्चा वितरण अभियान निरन्तर रूपमा जारी रहने र दशैं विदाकाे थालनिसंगै यसलार्इ बाहिरका जिल्लाहरूमा व्यापक रूपमा अघि बढार्इने बताएको छ। भारतले २ हप्तादेखि जारी राखेकाे नाकाबन्दीकाे सामना गर्ने थुप्रै विकल्प हुँदाहुँदै सत्ता दलालहरूले देशलार्इ गत्यावराेधकाे अवस्थामा राख्नुका कारणहरू अाम जनतामा लैजाने अभियानकाे तात्कालिक उद्देश्य रहेकाे बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार