रातो मच्छिन्द्रनाथको रथ तान्ने साइत जुर्‍यो

२०७२ आश्विन २१ गते, बिहीबार

काठमाडौं,२० असोज । रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा तान्नको लागि ज्योतिषले साइत निकालेका छन् । ललितपुर मंगलबजारको सोहखुट्टे पाटीमा ज्योतिषहरुले लगनखेलको इटी टोलमा राखिएको रथलाई जावलाखेलमा तान्नको लागि साइत निकालेका हुन् ।
रथलाई बिहीबार नै तान्ने साइत निस्केको रथ निर्माणमा संलग्न बाराही नाइके दिलकमुार बाराहीले बताए । आज रथ जावलाखेलमा पुगेमा चार दिनपछि भोटो देखाइनेछ । यसपाली १२ वर्षे रथ जात्रा भएकोले रथलाई बुंगमतीबाट तानेर पाटनको भित्री शहर परिक्रमा गरेर फेरि बुंगमतीसम्म नै रथ तानेर फर्काइनेछ । यसपाली बुंगमती र जावलाखेलमा गरेर दुइ पटक भोटोजात्रा हुनेछ । बिहीबार मच्छिन्द्रनाथको कुलदेवी ललितपुरको पूर्णचण्डी मन्दिरमा कुलदेवी पूजा गरिँदैछ ।

प्रतिक्रियाहरु

[anycomment]