मोर्चाका कार्यकर्ताद्वारा मालबाहक ट्रक तोडफोड
काठमाडौँ, २१ असोज । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आजपनि बारामा प्रदर्शन जारी राखेका छन् । उनीहरुले आज जीतपुरमा एउटा मालबाहक ट्रकमा तोडफोड गर्नुका साथै आगजानीको प्रयास गरेका छन् । वीरगन्जबाट सिमेन्ट बोकेर काठमाडौं आउँदै ट्रकलाई रोकेर उनीहरुले आगजनीको प्रयास गरेका हुन् ।
मोर्चाका कार्यकर्ताहरुले ट्रकमा रहेका ४ सय ४० बोरा सिमेन्टमा पानी हालेर नस्ट गरिदिएका छन् । उनीहरुले ट्रकको टंकीमा रहेको डिजल झिकेर आगो लगाउने प्रयास गरेका थिए । तर, तत्काल प्रहरी घटनास्थलमा पुग्दा ट्रक आगलागीबाट जोगिएको हो ।