आज भोटोजात्रा

२०७२ आश्विन २५ गते, सोमबार

काठमाडौ २५ असोज । आज वर्षा र सहकालको देवता रातो मछिन्द्रनाथको भोटो देखाइदैछ । गत असोज २२ गते रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याएको चार दिनपछि आज भोटो देखाउन लागेको हो । गत वैशाख ६ गते रथारोहरण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले रथ जात्रा स्थगित भएको थियो । क्षति भएको रथलाई पुनःनिर्माण गरी गत असोज ४ गते रथारोहण गरी ५ गतेदेखि पुनः दोस्रोपटक रथ जात्रा सुरु भएको हो । आज राष्ट्रप्रमुखको प्रमुख आतिथ्यसँगै लाखौँ सर्वसाधारणको सहभागितामा जावलाखेलमा मछिन्द्रनाथको भोटो देखाइने गुठी संस्थान लालितपूरले जनाएको छ ।
यसैबीच यसवर्ष १२ वर्षको विशेष मेला परेकाले रथमा फूलपाती चढाउने र दर्शन गर्ने दर्शनार्थीको हजारौँको सङ्ख्यामा बिहानैदेखि भीड लागेको रथका पुजारी विनोद बज्राचार्यले जानकारी दिए । रथको दर्शन गर्नाले आँटेको कुरा पूरा हुने धार्मिक मान्यता रहिआएको छ । पुजारी बज्राचार्यको अनुसार हरेक वर्ष भोटो देखाउने अघिल्लो दिन भूजा पूजा गर्ने प्रचलनअनुसार हिजो बेलुकी रथ रहेको स्थान जावलाखेलमा भुजा पूजा गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु