बोको हरामसँग लडन अमेरिकाले सघाउने
काठमाडौं, २८असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अफ्रिकी मुलुक क्यामरुनमा इस्लामिक चरमपन्थी बोको हरामविरुद्ध लड्न अमेरिकी सेना पठाउने घोषणा गरेका छन् ।
राष्ट्रपति ओबामाले करिब तीन सय सैनिक क्यामरुनमा पठाउने घोषणा गरेका हुन । अमेरिकी कंग्रेसलाई जानकारी गराएर ओबामाले ९० जना सैनिकको टोली सोमबार नै क्यामरुन पठाइसकेका छन् । राष्ट्रपति ओबामाले आवश्यक परेको अवस्थासम्म आफ्ना सैनिक क्यामरुनमा रहने बताए ।
उनले आफ्ना सेनाले चरमपन्थीविरुद्ध लड्न हवाई निगरानी गर्नुका साथै क्यामरुन सुरक्षा फौजको अभियानलाई मद्दत गर्ने बताए । अमेरिकी मुलुक क्यामरुन र चाड चरमपन्थी इस्लामिक स्टेटको निशानामा छन् । – एजेन्सी