पाँच हजारमा तीन दिन सौराहा घुम्न पाइने

२०७२ आश्विन २८ गते, बिहीबार

काठमाडौं, २८ असोज । चितवनको सौराहास्थित होटल जंगल एड्भेञ्चर वर्ल्ड ‘दशैं तिहार फेस्टिवल अफर’ ल्याएको छ । अफर अन्तर्गत ४ हजार ९ सय ९९ रुपैयाँमा दुई रात तीन दिन सौराहामा बस्न र घुम्न सकिने छ । होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर मदन भण्डारीका अनुसार प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेक फास्टसहित जंगल सफारीको मज्जा लिन पाउनेछन् । आन्तरिक पर्यटकलाई लक्षित प्याकेज कार्यक्रममा सौराहामा हात्ती सफारी, डुंगा सयर, हाती प्रजनन केन्द्रको अवलोकन, सूर्यास्तको अवलोकन, थारु संस्कृति र थारु गाउँ अवलोकन गर्न पाउने होटलका म्यानेजर देवहरि नेपालले बताए । उनले भने- ‘भुकम्पपछि थलिएको पर्यटनलाई गतिशिलता प्रदान गर्न यो समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी दशैतिहार योजना ल्याएका हौं, सौराहामा आन्तरिक पर्यटनको प्रवर्द्धन गर्न यसले महत्वपूर्ण यागदान गर्ने हाम्रो विश्वास रहेको छ ।’ उक्त योजना असोज १ देखि कार्तिक मसान्तसम्म लागू हुने होटल व्यवस्थापनले जनाएको छ ।
त्यस्तै, अर्काे प्याकेजअन्तर्गत २ हजार ९ सय ९९ मा १ रात/दुइ दिन ब्रेकफाष्ट, लञ्च, डिनर, हात्ती सफारी, थारु कल्चरको अवलोकन, बर्ड वाचिङ, सूर्यास्तको अवलोकन गर्न पाइने छ । वातावरणमैत्री कोठा, रेष्टुरेन्ट र वाइफाई सुविधासहित यी सबै गतिविधिमा सहभागी हुनसक्ने सेल्स एण्ड मार्केटिङ म्यानेजर भण्डारीले बताए । ७ करोड रुपैयाँको संयुक्त लगानीमा चितवनका होटल व्यवसायीहरुको नयाँ व्यवस्थापन समूहले १ वर्ष अगाडिदेखि उक्त होटल संचालनमा ल्याएको छ । १ बिगाहा क्षेत्रफलमा फैलिएको राप्ती किनारमा अवस्थित उक्त होटेलमा २६ वटा छुट्टा-छुट्टै कटेज रहेका छन् भने १ सय जना अट्नसक्ने कन्फरेन्स हल रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु