पेट्रोलियम पदार्थको आपुर्ति सहज गर : माओबादी

२०७२ आश्विन २९ गते, शुक्रबार

काठमाण्डौ,२९ असोज । नेकपा माओबादीले बिगत ६५ दिनदेखी देखी पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउन नसकेको भन्दै आयल निगमलाई ध्यानकर्षण पत्र बुझाएको छ । माओबादी काठमाण्डौ जिल्लाका सचिब पुष्कर श्रेष्ठको नेतृत्वमा गएको टोलीले इन्धनको सहज आर्पुर्ति गर्न माग गर्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई ध्यानकर्षण पत्र बुझाएको हो ।
बिगत ६५ दिनदेखी बिभिन्न बन्द हड्तालसंगै भारतले गरेको नाकाबन्दी कारण आर्पुति सहज नहुदा नेपाली जनता मार परेको भन्दै माओबादीले तत्काल सहज आपुर्ति गर्न सरकारले तदारुकता नदेखाए संर्घणका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
माओबादीले दिएको ध्यानकर्षण पत्र बुझदै आयल निगमका कार्यकारी निर्देशक खड्काले अघोषित नाकाबन्दी पश्चात इन्धनको समस्या भएकाले त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताउदै दशैलाई मध्यनजर गर्दै सार्बजनिक सवारीलाई प्राथमिकताका साथ इन्धन उपलब्ध गराएको बताए ।
उनले यस्तै स्थीति रहे सुरक्षा निकाय बाहेक अरुलाई इन्धन उपलब्ध गराउन नसकिने बताए । आयल निगमको जिम्मेवारी इन्धन बितरण गर्नुमात्र रहेको बताउदै खड्काले आर्पुर्ति सहज बनाउन सरकार समक्ष माग गरेको जानकारी दिए । माओबादीले आयल निगमले सरकारी सबारी साधनलाई मात्र इन्धन दिएको भन्दै आपत्ती जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]