अाेली नेतृत्वकाे सरकार दलाल, प्रतिक्रान्तिकारी र निरङ्कुश : माअाेवादी

२०७२ कार्तिक २ गते, सोमबार

काठमाडाैँ । नेकपा माअाेवादीको हालै राजधानी बाहिर सम्पन्न केन्द्रीय समितिको बैँठकले अाेली नेतृत्वकाे सरकारलाई दलाल, प्रतिक्रान्तिकारी र निरङ्कुश भनेकाे छ । झन्डै एक हप्ता लामाे बसेको बैंठकले अाेली सरकार भारतकै सहयाेगमा बनेकाे निष्कर्ष निकालेकाे छ । ‘बैंठकमा अाेली सरकारकाे साथै समग्र राजनीतिकबारे छलफल भयाे, अाेली नेतृत्वकाे सरकर प्रतिक्रान्तिकै निरन्तरतामा गठन भएकाे दलाल सरकार हाे भन्ने बैंठककाे निष्कर्ष छ’ बैंठकपछि एक केन्द्रिय सदस्य भने । नाकाबन्दीले जनताकाे दैनिकी झनझन् कष्टपूर्ण बन्दा पनि अाेली सरकार विकल्पबारे छलफल नगरी दलाली गरिरहेकाले याे वा त्याे रुपमा भारतकै दलाल सरकार भएकाे पुष्टि भएकाे बैंठककाे ठहर रहेकाे उनले बताए । ‘प्रचण्ड-अाेली गठबन्धन सरकारप्रति जनतामा परेकाे भ्रम परेकाे छ, त्याे केही दिनमै साफ हुनेछ’ उनले भने ।
बैँठकले राष्ट्रयता झन् खतरामा परेकाे भन्दै राष्ट्रियताकाे अान्दाेलनलाई नयाँ सशक्त बनाउने निर्णय समेत गरेकाे छ । पार्टीकाे एकीकृत क्रान्तिका कार्यदिशालाई लागु गर्ने सवालमा बैंठकमा व्यापक छलफल भएकाे बताइएकाे छ । अाेली सरकाबारे जनतामा पर्न गएकाे भ्रम हटाउन अभियानात्मक रुपमा कार्यक्रम संचालन गर्न बैंठकले निर्णय गरेकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]