यात्रुबसमा विस्फोट, १० जनाको मृत्यु

२०७२ कार्तिक ३ गते, मंगलवार

काठमाडौं, ३ कार्तिक । पाकिस्तानमा यात्रुबाहक बसमा बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा सहरस्थित पार्किङमा राखिएको बस गुड्ने बितिकै विस्फोट भएको बताइएको छ । बसको छतमा विस्फोटक पदार्थ राखिएको र रिमोट कन्ट्रोलद्वारा विस्फोट गराइएको अनुसन्धानबाट खुलेको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । विस्फोटको जिम्मा कसैले पनि लिएको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]