भारत – पाकिस्तान विवादमा मध्यस्थता गर्न सकिदैन : अमेरिका
काठमाडौं , ६ कार्तिक । अमेरिकाले भारत – पाकिस्तान काश्मिर विवादमा मध्यस्थता गर्न नसक्ने बताएको छ । यो मामिलामा अमेरिकाले कुनै नयाँ नीति नल्याएका करण पनि अहिलेको अवस्थामा मध्यस्थता गर्न नसकिने बताएको हो ।
अमेरिकी राष्ट्रपति बराक ओबामा र पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ बीचको भेटपछि अमेरिकी प्रशासनले यो धारण सार्वजनिक गरेको हो । अमेरिकाले
लश्करे तोइबा र अन्य आतंकवादी समूहको कारवाहीलाई भने पाकिस्तानलाई सघाउने प्रतिवद्धता दोहोर्याएको छ । अमेरिकाले भारत र पाकिस्तानका बीचमा देखिएको अहिलेको विवाद दुईपक्षीय भएका कारण भारत र पाकिस्ताननै सक्रिय हुनु पर्ने बताएको ।
राष्ट्रपति ओबामासंगको भेट पछि पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले काश्मिरको विवादमा भारत र पाकिस्तानबीच कुनै छलफल हुन नसकेका करण मध्यस्थताको आवश्यकता परेको बताएका छन । मध्यस्थकर्ता खोज्ने कुरामा भारत पनि सहमत हुनु पर्ने प्रधानमन्त्री शरीफले बताएका छन । – एजेन्सी