१३ लाखले काठमाडौं छाडेको अनुमान

२०७२ कार्तिक ६ गते, शुक्रबार

काठमाडौं, ६ कात्तिक । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यसवर्ष दसैंमा १३ लाख जनाले काठमाडौं छोडेका छन् । दशैको अबसरमा विभिन्न नाका भएर १३ लाखको हाराहारीमा यात्रु काठमाडौंबाट बाहिरएका हुन् । इन्धन अभावमा सार्वजनिक बस कम चल्दा धेरैजना ट्रक, ट्याक्टर लगायत अरु गाडीमा चढेर घर गएका थिए । दसैंमा घर जानेहरु विस्तारै फर्किन थालेका छन् । दसैंको टिका लगाएर हिजो केहि फर्किए पनि आजदेखि फर्कनेको संख्या बढ्ने यातायात व्यवसायीले बताएका छन् ।
यसअघि नेपाल आयल निगमले डिजेलको केहि वितरण सहज बनाएपनि गाउँ गाउँबाट फर्कन समस्या भएको व्यवसायीको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सहिद मित्रमणी आचार्यको शालिक अनावरण

२०८२ बैशाख १९ गते, शुक्रबार

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार